१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकका पिता जुकरबर्गको सम्पत्ति ४ अर्ब डलर बढ्यो



अ+ अ-

काठमाडौं । बिहीबार फेसबुकको सेयरमा ६ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धिसँग कम्पनीका सिइओ मार्क जुकरबर्गको खुद सम्पत्तिमा पनि ४ अर्ब डलरको वृद्धि भएको छ । जुकरबर्ग फेसबुकमा सर्वाधिकार बढी सेयर भएका व्यक्ति हुन् । ब्लुमबर्ग बिलिनियर सूचीका अनुसार विश्वकै पाँचौँ धनी जुकरबर्गको कुल सम्पत्ति ७५.५ अर्ब डलर पुगेको छ ।

जुकरबर्गको कुल सम्पत्ति चार महिनाको अवधिमा २३.५ अर्ब डलर बढिसकेको छ । गत वर्ष डाटा गोपनीयता जस्तो विवादका कारण फेसबुकको सेयरमा ठुलै गिरावट आएको थियो । यसले गर्दा जुकरबर्गको सम्पत्तिमा २०१८ मा जुकरबर्गको सम्पत्तिमा २० अर्ब डलरको कमी आएको थियो ।

बिलिनियर सूचीमा समावेश ५ सय धनीमा जुकरबर्गलाई यो वर्ष सर्वाधिक फाइदा भएको थियो । फ्रान्सका बर्नाड आरनउल्टको सम्पत्तिमा २१.७ अर्ब डलरले वृद्धि भएको छ । यो समाचार कारोबारमा प्रकाशित छ ।