१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकताको सिफारिस नगर्दा आत्महत्या



अ+ अ-

काठमाडौँ । सुनसरीको दुहबी नगरपालिकाका एक युवाले वडा कार्यालयले नागरिकताको सिफारिस नगरिदिएको भन्दै आत्महत्या गरेका छन् ।

वडा कार्यालयले नागरिकता सिफारिस गर्न नमानेपछि दुहबी नगरपालिका–३ का हरी मण्डलले आत्महत्या गरेको परिवारले जनाएको छ ।

नागरिकताको सिफारिस माग्दै वडा समितिको कार्यालयमा पटक–पटक पुगे पनि वडाध्यक्ष माधवबहादुर भण्डारीले कागजात नपुगेको भन्दै सिफारिस नदिएकोले आवेशमा आएर छोरा हरी मण्डलले आत्महत्या गरेको आमा गीतादेवीले बताएकी छन् ।

मण्डल परिवार तीन पुस्तादेखि दुहबीमा बस्दै आएको छन् । समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।