१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्न क्रममा डुबेर सर्लाहीमा दुई बालकको मृत्यु



अ+ अ-

सर्लाही । पौडी खेल्न क्रममा नदीमा डुबेर सर्लाहीमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–९ कुरैनियाका ५ वर्षीय विकास माझी र बरहथवा नगरपालिका–१ हजरियाका ८ वर्षीय सुशान्त परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीको अनुसार शनिबार पौडी खेल्ने क्रममा उनीहरू दुवैको मृत्यु भएको हो । दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।