५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोते बोलीमा चिनियाँ राजनीतिक प्रणालीको व्याख्या



अ+ अ-

बेइजिङ।यतिबेला चीनको सर्वोच्च विधायिकी अङ्ग १३ औँ राष्ट्रिय जनकंग्रेसको पाँचौँ अधिवेशन र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३ औँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशन बेइजिङमा चालु छन्। यही मार्चको ४ तारिख (फागुन २० गते शुक्रबार) चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३ औँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशन सुरु भएको हो। त्यसैगरी मार्च ५ तारिख (फागुन २१ गते शनिबार) १३ औँ राष्ट्रिय जनकंग्रेसको पाँचौँ अधिवेशन जनवृहत सभाभवनमा सुरु भएका छन्।

चिनियाँ सर्वोच्च विधायिकी अङ्गका अधिवेशन भएकाले छोटकरीमा दुई अधिवेशन भन्ने चलन छ। चिनियाँ यी दुई अधिवेशनलाई विश्वले ध्यान दिएर हेर्ने गरेको छ। चीनले ल्याउने नीति तथा कार्यक्रमले विश्वका अन्य मुलुकलाई पनि प्रत्यक्ष वा परोक्ष रुपमा असर पारिरहेकाले सबैको ध्यान जाने गरेको हो। 

 राष्ट्रिय जनकंग्रेसको अधिवेशनको उद्घाटन सत्रमा चिनियाँ प्रधानमन्त्रीले वार्षिक कार्यक्रमसँग बजेट लगायतका कार्यक्रम पेश गर्ने चलन छ। चिनियाँ कानुन बनाउने, वार्षिक कार्यक्रम तय गर्ने, चिनियाँ कूटनीति निर्धारण गर्ने, आर्थिक वृद्धि तथा विकासको खाका बनाउने जस्ता कामसँगै चिनियाँ समाज सुधार, नागरिकका सामाजिक सुरक्षा, महिलाका अधिकार जस्ता चौतर्फी विषयहरुमाथि व्यापक वहस र छलफल गर्ने भएकाले दुई अधिवेशनलाई चिनियाँ प्रजातन्त्रको नमूना पनि भनिन्छ।

चीनको राजधानी बेइजिङमा जारी दुई अधिवेशनका बारेमा चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषा पढिरहेका चिनियाँ विद्यार्थीहरुले छोटा भिडियो बनाएर नेपाली भाषामै दुई अधिवेशनको व्याख्या गरेका छन्। 

चाइना मिडिया ग्रुप (सीएमजी)नेपाली सेवाको फेसबुकमार्फत् ती विद्यार्थीले बनाएका भिडियो हेर्न सकिन्छ। उनीहरुको नेपाली उच्चारण र दुई अधिवेशनको व्याख्याले नेपालीलाई चिनियाँ राजनीतिक प्रणालीका बारेमा बुझ्नलाई सहज बनाएको छ।

बेइजिङस्थित बेइजिङ वैदेशिक भाषा विश्वविद्यालय, सिआनस्थित तिब्बती जातीय विश्वविद्यालय र खुन्मिङस्थित युन्नान जातीय विश्वविद्यालयमा अध्ययनरत् ७ जना विद्यार्थीले भिडियोमार्फत् चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन तेह्रौँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशन र तेह्रौँ चिनियाँ राष्ट्रिय जनकांग्रेसको पाँचौँ अधिवेशनको परिचय, इतिहास र यसको महत्वबारे व्याख्या गरेका हुन्।

बेइजिङ वैदेशिक भाषा विश्व विद्यालयमा स्नातक तहमा अध्ययनरत पाउ यु हाङ (नेपाली नाम आकाश) ले दुई अधिवेशनलाई चिनियाँ शैलीको प्रजातन्त्र भन्दै व्याख्या गरेका छन्। तिब्बती जातीय विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत को ली शाले चिनियाँ दुई अधिवेशनलाई १ अर्ब ४० करोड चिनियाँको सच्चा आवाज भनेर बताएकी छन्। 

बेइजिङ वैदेशिक भाषा विश्वविद्यालयमै अध्ययनरत् अर्का विद्यार्थी ली सीन यी, तिब्बती जातिय विश्वविद्यालयमा अध्ययनरत् हाङ वन चिङ, छ्वेइ यी याङ, ली यु च्या र युन नान जातिय विश्वविद्यालयमा अध्ययनरत् ह स्याउ लिङ (नेपाली नाम दीपा)ले पनि दुई अधिवेशनको इतिहास यसको महत्व र चिनियाँ समाजमा यसको योगदानबारे चर्चा गरेका छन्। 

 यी भिडियोमार्फत् नेपाली दर्शकले चीनका दुई अधिवेशन बारेमा बुझ्ने मौका पाएका छन् भने चीनमा स्नातक तहमा मुख्य नेपाली विषय पढ्ने विद्यार्थीको नेपाली भाषाको स्तर कस्तो छ भनेर पनि जानकारी दिएको छ। यी विद्यार्थीले स्नातक तहमा पुगेर मात्र नेपाली भाषा सिक्न थालेका हुन्। उनीहरुले एकैचोटि स्नातक तहमा पुगेर नेपाली सग्ला अक्षर चिन्दै नेपाली बोल्न थालेकाले भिडियोमा उनीहरुको नेपाली सबै उच्चारण स्पष्ट नभए पनि रमाइलो र मिठो सुनिन्छ।