१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीलाई मार्न खोज्ने विप्लवका नेता पक्राउ



अ+ अ-

अछाम । श्रीमतीलाई घाटी थिचेर मार्न खोज्ने विप्लव निकट नेकपाका युवा संगठनका जिल्ला अध्यक्ष पूर्णबहादुर भण्डारीलाई पक्राउ गरेको छ । उनी सो पार्टीका अछाम जिल्ला कमिटी सदस्य हुन् ।

मंगलसेन नगरपालिका, ११ खिमडा निवासी भण्डारीकी श्रीमती लक्ष्मी कुमारी खड्का (भण्डारी)ले गत २१ फागुनमा श्रीमानविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा उजुरी दिएकी थिइन् । उनले प्रहरीमा दिएको उजुरीमा श्रीमानले आफूलाई विभिन्न आरोप लगाउँदै यातना दिँदै आएको र ज्यान मार्ने धम्कीसहित कुटपिट गरेको भन्दै ज्यानको सुरक्षा मागेकी थिइन् ।

श्रीमतीले कारबाहीका लागि प्रहरी गुहारेपछि गत २० फागुनदेखि फरार रहेका भण्डारीलाई प्रहरीले सुराकीका आधारमा पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न जिल्ला अदालत अछामले गत २३ फागुनमा आदेश दिएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।