१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुलामञ्चमा साना व्यापारीको साढे ५ करोड डुब्यो



अ+ अ-

काठमाडौं । खुलामञ्चमा सटर खरिद गरेका साना व्यवसायीले ठेकेदार कम्पनीलाई बुझाएको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन्।

जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रालिले आफूहरुलाई ठगेको व्यवसायीले बताए। खुलामञ्च कब्जा गरेर व्यापारिक सटर निर्माण गरेर प्रालिले साना व्यवसायीबाट करिब साढे पाँच करोड रुपैयाँभन्दा धेरै संकलन गरेको थियो।

खुलामञ्चमा सटर खरिद गरेका नुवाकोटका सुजन तामाङले ८ लाख रुपैयाँ बुझाएको दावी गरे। खुलामञ्चमा सटर खरिद गरेकी मनमाया गुरुङले सटर खरिद गर्नका लागि ११ लाख रुपैयाँ बुझाएको बताइन्।

स्वरोजगार व्यापार श्रमिक संघ कामनपा २८ इकाइका अध्यक्ष हरिप्रसाद पाण्डेले साना व्यवसायीले ऋण काढेर तथा धितो राखेर सटर किनेको बताए। ‘कुनै कागजपत्र गरेका छैनन्,’ उनले भने, ‘कसैले ऋण काढेर र कसैले बैंक तथा सहकारीबाट घर धितो राखेर लिएका हुन्। त्यसैले सरकारले तत्कालै आवश्यक कारवाही गरेर पैसा उठाइदिनुपर्ने देखिन्छ।’ खुलामञ्चबाट सटर उठाउँदा ४० भन्दा धेरै साना व्यवसायी पीडित छन्। भन्ने खबर आजको नागरिक दैनिकमा छ।