१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेट एयरवेजका कर्मचारीद्वारा आत्महत्या



अ+ अ-

काठमाडौं । वित्तीय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ५३ वर्षीय सैलेशकुमार सिंह पछिल्लो तीन वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका थिए ।

पछिल्लो चार महिनामा उनको स्थिती थप खराब भएको थियो । प्रहरीका अनुसार सिंहले यसै वर्ष मार्चदेखि तलब पाउन छाडेका थिए । उनी अस्पतालमा भर्ना थिए । उनलाई शुक्रबार घर ल्याइएको थियो । उनले त्यसै दिन दिउँसो चौथो तल्ताबाट हाम फालेर आत्महत्या गरे ।

सैलेश सिंहका जेठा छोरा पनि जेट एयरवेजमै काम गर्छन् । उनले पनि तलब पाएका छैनन् । जेट एयरवेजका थुप्रै कर्मचारीले आर्थिक संकटका कारण समस्या झेलिरहेको बताएका छन् । यो समाचार कारोबारमा प्रकाशित छ ।