१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ वर्षीय किशोरद्वारा कोदालोले हानी बुवाको हत्या



अ+ अ-

काठमाडौं । धनकुटाको शहीदभुमि गाउँपालिकामा १४ वर्षीय छोराले आफ्नै बुवाको हत्या गरेका छन् । शहीदभुमि गाउँपालिका ४ पिप्लेका विज्ञान राईले कोदालोको पासोले हानेर ४७ वर्षीय बुवा ईन्द्रप्रसाद राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सामान्य विषयमा बुवाले विज्ञानलाई गाली गरेका थिए । बुवाले गाली गर्दा आवेशमा आएर छोरा विज्ञानले शनिवार राति करिब ८ बजे बुवालाई कोदालोको पासोले हानेर हत्या गरेको धनकुटा प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार कोदालो प्रहारबाट ईन्द्रप्रसादको घटनास्थलमै मृत्यु भएको हो ।

कोदालो प्रहार गर्ने विज्ञानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।, आजको राजधानी दैनिकमा समाचार छ ।