१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–२८, भङ्गाहमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति ९ बजे तिर माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरी महतोलाई घाइते बनाएको थियो ।

महतोको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।