६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्किनाफासोको चर्चमा आक्रमण, छ जनाको मृत्यु, दुई जना सम्पर्कविहीन



अ+ अ-

बुर्किनाफासो । अफ्रिकी मुलुक बुर्किनाफासोको प्रोटेस्टेन्ट सम्प्रदायको गिर्जाघर (चर्च) मा आइतबार भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अरु दुई जना सम्पर्कविहीन भएका छन् ।

मोटरसाइकलमा आएका आक्रमणकारीले चर्चभित्र रहेका मानिसलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए । एक जना प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा हावामा गोली चलाएका थिए ।

सरकारका प्रवक्ता रेमी फुल्गान्स डान्जिनोले जातीय हिंसा बढेसँगै चर्चमा आक्रमण हुनेक्रम बढेको बताउनुभयो । उहाँले पछिल्लो समय चर्चहरुमा सुरक्षा व्यवस्था कडा पारिएको पनि जानकारी दिनुभयो ।

उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् ।

इन्टरनेसन क्राइसिस ग्रुपले पछिल्ला दिनहरुमा श्रीलंका समेत विश्वका कतिपय मुलुकमा चर्चमाथिका आक्रमण बढेर गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।