१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्किनाफासोको चर्चमा आक्रमण, छ जनाको मृत्यु, दुई जना सम्पर्कविहीन



अ+ अ-

बुर्किनाफासो । अफ्रिकी मुलुक बुर्किनाफासोको प्रोटेस्टेन्ट सम्प्रदायको गिर्जाघर (चर्च) मा आइतबार भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अरु दुई जना सम्पर्कविहीन भएका छन् ।

मोटरसाइकलमा आएका आक्रमणकारीले चर्चभित्र रहेका मानिसलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए । एक जना प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा हावामा गोली चलाएका थिए ।

सरकारका प्रवक्ता रेमी फुल्गान्स डान्जिनोले जातीय हिंसा बढेसँगै चर्चमा आक्रमण हुनेक्रम बढेको बताउनुभयो । उहाँले पछिल्लो समय चर्चहरुमा सुरक्षा व्यवस्था कडा पारिएको पनि जानकारी दिनुभयो ।

उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् ।

इन्टरनेसन क्राइसिस ग्रुपले पछिल्ला दिनहरुमा श्रीलंका समेत विश्वका कतिपय मुलुकमा चर्चमाथिका आक्रमण बढेर गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।