६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडीबीको बैठकमा भाग लिन अर्थमन्त्री फिजी प्रस्थान



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा एसियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२औं वार्षिक बैठकमा भाग लिन आज फिजी प्रस्थान गरेका छन्।

आगामी मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गभर्नरको रुपमा वार्षिक बैठकका विषयसूचीमा धारणा राख्न त्यसतर्फ गएका हुन्।

अर्थमन्त्रीका सचिवालयका अनुसार दक्षिण एसियाली क्षेत्रिय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सार्क विकास कोषको गभर्निङ काउन्सिलको बैठकमा समेत उनी सहभागी हुनेछन्।

अर्थमन्त्री खतिवडाले एसियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एसियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिडलगायतका वित्तीय संस्थाहरुका उच्चपदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ

बैठकमा सहभागी हुन अर्थमन्त्रीसहित अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख पनि फिजी प्रस्थान गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम छ।