१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा विवेकशील भन्छ : नेपाली नागरिकता लिन सात वर्ष नेपालमा स्थाई बसोबास गर्ने नियम बनाउ



अ+ अ-

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले नागरिकता सम्बन्धी बहसमा आफ्नो धारणा फेरि सार्वजनिक गरेको छ। नागरिकता सम्बन्धी बहसमा ध्यानाकर्षण भएको भन्दै साझा विवेकशीलले मंगलबार ९ बुँदे प्रेस विज्ञप्ति जारी गरेको छ।

विवेकशील पार्टीले नेपालीसँग विवाह गर्ने महिला वा पुरुषलाई सात वर्षमा नागरिकता दिने व्यवस्था गर्न माग गरेको छ।पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टी नेपालीसँग विवाह गर्ने पुरूष वा महिला जो भए पनि उनीहरूले नेपाली नागरिकता पाउनुअगाडि सात वर्ष नेपालमा स्थाई बसोबास गरेको हुनुपर्छ भन्ने धारणा राख्दछ ।’

संसारका कैयौँ लोकतान्त्रिक देशमा झैँ नेपालमा पनि कुनै विदेशीलाई नागरिकता दिदा निश्चित अवधि यहीँ बसेको हुनुपर्ने व्यवस्था गर्नु उचित हुने साझा विवेकशीलको धारणा छ।

नागरिकता नपाउँदासम्म पारिवारिक सम्बन्ध व्यवस्थापन गर्न, कानूनीरूपमा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न र अन्य अत्यावश्यक कामका लागि विशेष परिचय पत्र प्रदान गर्न सकिने उसको तर्क छ।

आमाको नाममा नागरिकता लिँदा बुवाको पहिचान खुलाउनु पर्ने व्यवस्था पनि विभेदकारी भएको साझा विवेकशीलले जनाएको छ।

कसैले नागरिकता प्राप्त गर्नकै लागि गलत सूचना दिएको भेटिएमा कुनै पनि बेला कानुन बमोजिम कारवाही गरी नागरिकता खारेज गरिनु पर्ने पार्टीका प्रवक्ता डा। सुर्यराज आचार्यको भनाय छ।