६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरंकुशता भएको बेलामा पौडेल जीले बालुवाटारको दक्षिण कुनामा जग्गा किनेको हो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेलले निरंकुशता भएको बेला २०६१ सालमा बालुवाटारको दक्षिण कुनामा ८ आना जग्गा किनेको स्विकार गरेका छन् ।

मंगलबार नेकपाको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले उक्त आठ आना सरकारी जग्गाको बिषयलाई लिएर पौडेलमाथि आक्रमण भएको बताए।‘पदीय दुरुपयोग गरेर महासचिवले जग्गा किन्नु भएको होइन। निरंकुशता भएको बेला२०६१ सालमा बालुवाटारको दक्षिण कुनामा ८ आना जग्गा किन्नु भएको हो,’ उनले भने।

महासचिवमाथि आक्रमण गरेर पार्टी र सरकार कमजोर बनाउन खोजिएको पनि उनले दाबी गरे।
महासचिवको जग्गा सरकारी हडपेकोमा पर्छ कि पर्दैन समय क्रममा प्रस्तुत गर्छौँ। हतारो गर्नुपर्ने छैन,’उनले भने ।

ओलीले आफ्नै सरकारले बालुवाटारको जग्गाबारे तथ्य सार्वजनिक गरेको उल्लेख गरे। उनले सांसदहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरे।