१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहेको मण्डपबाटै अपहरण, तीन जना पक्राउ



अ+ अ-

सप्तरी । बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ ।

गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका लक्ष्मणलाई प्रहरीले भारतको बिहार सितामढी कुम्भ सिवहरबाट गएराति उद्धार गरी राजविराज ल्याएको जनाएको छ । महादेवा गाउँपालिका–२ अकबरपुरका भोलेन्द्र यादवको बिहेमा जन्ती गएका उनका भाञ्जा लक्ष्मणको बिहे घरबाटै अपहरण भएको थियो ।

प्रहरीका अनुसार बालकको उद्धारका लागि प्रहरी उपरीक्षक विष्टकै कमाण्डमा सादा पोशाकका २३ जना प्रहरी परिचालित गरिएका थिए । अपहरणकारीलाई घेराउ गरेपछि सिबहरस्थित एक होटलमा ल्याई बालकलाई बेवारिसे अवस्थामा छाडेको प्रहरी उपरीक्षक विष्टले बताए । प्रहरीले नेपालका तीनलाई नियन्त्रणमा लिएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।