१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाइजो नपाउँदा निशाको हत्या



अ+ अ-

काठमाडौं । दाइजोमा लाखौं रुपैयाँ ल्यार पनि सुत्ने पलङ नल्याएको निहँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएका छन् । गत शनिबार झुन्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहँमा हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाएको हो ।


रौतहटको राजदेवी नगरपालिका–३ चण्डिहाका २४ वर्षीय विवेक तिवारीको २२ वर्षीया श्रीमती निशा उपाध्याय तिवारीलाई माइतीबाट दाइजोस्वरुप सुत्ने पलङ नल्याएको निहँमा चरम यातना दिई हत्या गरी आत्महत्या गरेको भन्ने देखाउन पासोमा झुन्ड्याइएको मृतकका दाजु दिलीप उपाध्यायले बताए ।


बिहेमा नगद ८ लाख, मोटरसाइकल, टिभी, दराजलगायत सामान दिए पनि पलङ नदिँदा पटकपटक यातना दिने गरेको माइती पक्षको आरोप छ ।, समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।