१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीयलाई नेपाली नागरिकता प्रकरण : अदालतले पुर्जी दिए पनि पक्राउ गर्न प्रहरीको आलटाल



अ+ अ-

झापा । झापाको कचनकवल गाउँपालिकामा भारतीयलाई नेपाली नागरिकता दिलाउन मिलोमतो गरेका जनप्रतिनिधि र स्थानीयलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको छ । घटना सार्वजनिक भएको एक साता बितिसक्दा पनि नागरिकताका लागि कागजपत्र मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र सर्जमिन गर्ने स्थानीयलाई प्रहरीले समातेको छैन ।

नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक भूपाल गुरुङलाई प्रहरीले १० वैशाखमा जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले भूपाललाई भारतीय मतदाता परिचयपत्रसहित पक्राउ गरेका थिए ।

भर्खरै भारतमा सम्पन्न लोकसभा निर्वाचनमा मत दिएका भूपालको औँलामा मसी लागेको देखेपछि उनीमाथि सोधपुछ गरिएको थियो । बरामद भएको मतदाता परिचयपत्रमा भूपालको बाबुको नाम चन्द्रबहादुर गुरुङ लेखिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।