१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लगानी भित्र्याउन स्पेनी व्यवसायीहरु उत्साहित



अ+ अ-

काठमाडौं । नेपालका विभिन्न परियोजनामा लगानी बढाउन स्पेनी व्यवसायीले चासो देखाएका छन । नेपालको जलविद्युत र पूर्वाधारमा लगानी गर्न स्पेनी व्यवसायीहरु उत्साहित भएका हुन ।

गत चैत दोस्रो साता काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा सहभागी व्यवसायीले जलविद्युत, पूर्वाधार विकास सहित नेपालको कफी यूरोपेली बजारमा भित्र्¥याउन चासो लिएका हुन् ।

लगानी सम्मेलनले सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै म्याड्रिडस्थित नेपाली दुतावासका कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले भने–‘सरकारले लगानी सुरक्षा, लगानीमैत्री कानुनको ब्यवस्था तथा प्रतिफल फिर्ता लानसक्ने व्यवस्था गरेपछि यहाँका केही व्यवसायी नेपालप्रति सकारात्मक बनेका छन् ।’

यूरोपेली मुलुकमा ऋण प्रकृया सहज रहेको र वित्तिय संस्थाले न्यून व्याजमा ऋण उपलब्ध गराउने भएकाले यहाँका व्यवसायीले नेपाललाई लगानीको नयाँ गन्तव्य बनाउन चाहेको उनको भनाई छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।