१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक स्याङ्जा नुवाकोटको अवलोकन



अ+ अ-

स्याङ्जा । कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले बुधबार स्याङ्जा जिल्लाको ऐतिहासिकस्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहा ‘बाबा’ले जानकारी दिनुभयो ।
नेपालका बाइसे चौबीसे राज्यमध्येको नुवाकोट विसं १५१० देखि विसं १८४२ मा विशाल नेपालमा विलय नहुने बेलासम्म स्वतन्त्र राज्यका रुपमा रहेको थियो । भ्रमण टोलीलाई त्यहाँस्थित काला भैरव मन्दिर, ऐतिहासिक दरबार क्षेत्रलगायतका विषयमा स्थानीय समाजसेवी एवं काला भैरव पुरातात्विक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले जानकारी गराउनुभयो ।

अवलोकन भ्रमणमा समाजका सल्लाहकार प्रेमप्रकाश गौतम, भगवान पन्तलगायतले नुवाकोट राज्यको ऐतिहासिक महत्वका सम्बन्धमा प्रकाश पार्दै यसको प्रवद्र्धनको आवश्यकता सम्बन्धमा आआफ्ना धारणा राख्नुभएको थियो ।