१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर पूर्व प्रहरीको मृत्यु



अ+ अ-

बर्दिया । बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङ रहेको छ ।

गुरुङको बुधबार पीपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए।