१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रो उपचार गर्दिन्छु भन्दै करणी गर्ने एक पक्राउ



अ+ अ-

धनुषा । उपचारको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ ।

पर्सा जिल्लाको बीरगंज महानगरपालिका–३२ बस्ने ३५ वर्षीय फिरोज अलीले मिथिला नगरपालिका–११ लोटा बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

शारीरिक रुपमा अशक्त ती महिलालाई राम्रो उपचार गर्छु भनि ललाईफकाई शनिबार साँझ फिरोजले जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।