![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/05/body-1.jpg)
रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो ।
घाइते भएकी तामाङको उपचारका क्रममा तामाकोशी सहकारी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।
रामेछापको मन्थली नगरपालिका–१ निवासी २० वर्षीय मोटरसाइकल चालक रामकुमार श्रेष्ठ र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।