१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्पले डस्दा दुई वटा दुधालु गाईको मृत्यु



अ+ अ-

संकेतिक फोटो

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा चार दिनमा विषालु सर्पले टोक्दा दुई वटा दुधालु गाई मरेकोे छ ।

आज बिहान करीब १० बजे गाउँकै पूर्वपट्टि रहेको खाली खेतको ठूला फाँटमा घाँस चरिरहेको स्थानीयवासी नरेश साहको गाईलाई विषालु सर्प गोमनले टोक्दा एक छिनमै गाईको ज्यान गएको जनाइएको छ ।

प्रत्यक्षदर्शी गाई हेरालु र घाँस काट्दै गरेका दर्जनौँ महिला–पुरुषका अनुसार गाई चरिरहेको ठाउँमा अचानक विषालु गोमन सर्प आएको र गाईको खुट्टामा टोकेको एक छिनमै गाई छट्पटाउँदै वनमै मरेको थियो ।