२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समलैंगिक विवाहलाई मान्यता दिने एसियाकै पहिलो मुलुक ताइवान



अ+ अ-

काठमाडौं। ताइवान समलैंगिक विवाह गर्नका लागि अनुमति दिने एसियाकै पहिलो देश बनेको छ । शुक्रवार त्यहाँको संसदले एक ऐतिहासिक फैसला गर्दै समलैंगिक विवाहलाई मान्यता दिएको हो ।

यो विधेयमाथि भोट गरेर संसदले फैसला गरेको थियो । यो विधेयकबारे चर्चा हुनेबेला राजधानी ताइपीमा पानीमा रुझ्दै समलिंगी पक्षकाहरु संसद बाहिर उभिएको थिए । संसदले पारित गरेपछि उनीहरुले खुसी मनाएका छन् ।

तर एक विदेशी र ताइवानी नागरिक बीचको समलैंगिक विाह र समान शिक्षाका बारेमा लैंगिक अधिकारको कुरा अझैँ स्पष्ट नभएका कारण आफ्नो आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।