५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार अभियुक्त २० वर्षपछि पक्राउ



अ+ अ-

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले २० वर्षपछि बिहीबार सुर्खेतका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्ने अभियुक्त साविकको साटाखानी गाविस–७ र हालको लेकबेँसी नगरपालिका–९ साँझेचौर सुर्खेतका हर्खबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रवक्ता क्षेत्रीका अनुसार अभियुक्त दर्लामी विसं २०५६ कात्तिक ४ गते राति १२ बजे साँझेचौरस्थित जङ्गलमा पैसा माग्दा नदिएको रिसिबीले उनकै गाउँ बस्ने चन्द्रबहादुर राई मगरलाई कुटपिट गरी सख्त घाइते (बेहोस) बनाउने घटनामा संलग्न भएका थिए ।

बेहोस बनाइएका राईमगरलाई प्रहरी र स्थानीयवासीको साहयतामा उपचारका लागि सुर्खेत लगिएको थियो । राईमगरको उपचारको क्रममा सुर्खेत अस्पतालमा मृत्यु भएपछि उनको कुटपिटको घटनामा संलग्न अभियुक्त दर्लामी त्यसपछि फरार थिए ।

मृतकका बुबा धनबहादुर राईमगरले घटनापश्चात फरार दर्लामीको खोजतलासबाट पक्राउ गरी कानूनबमोजिम हदैसम्मको कारवाही गरी पाऊँ भन्ने व्यहोराको जाहेरी दर्खास्त दिनुभएको थियो । सोही निवेदनअनुसार फरार रहेका दर्लामीलाई खोजतलास गर्ने क्रममा यही जेठ ९ गते आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी सोही स्थानबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई जिल्ला अदालत सुर्खेतमा अनुसन्धान कार्यका लागि पेश गरिएको र अध्ययन अनुसन्धानको कारवाही प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।