१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौँ । ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक र विषयका विज्ञको सहभागिता हुनेछ । संयोजक सुकदेव भट्टराईले वाइडबडी भ्रष्टाचारबारे संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताउँदै भ्रष्टाचारले मुलुकलाई विकास र समृद्धि हुनबाट बाधा पु¥याउने खतरा औँल्याउनुभयो ।

अभियानका सदस्य डा ठाकुरमोहन श्रेष्ठले वाइडबडी भ्रष्टाचार काण्डमा आफूहरुले सत्यतथ्य बाहिर ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै विशेषज्ञहरुको सहयोगबाट प्रतिवेदन सार्वजनिक गरिने बताउनुभयो । नेपालका लागि नेपाली अभियानका बालकृष्ण न्यौपानेले उक्त प्रकरणबारे जनतालाई सत्यतथ्य कुरा पत्ता लगाई थाहा दिलाउने विश्वास व्यक्त गर्नुभयो ।