काठमाडौं । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ।
उनको बिहीबार मेडिसिटी अस्पतालमा १०० वर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ ।
नेपालको छैटौँ प्रधानन्यायाधीश बनेका खत्री २०३३ सालदेखि २०४२ सालसम्म प्रधानन्यायाधीश बनेका थिए।
खत्रीको भोलि(शनिबार) बिहान साढे ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।