१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय



अ+ अ-

वासिङ्टन । व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई बलात्कार पश्चात हत्या गरेको भन्दै मृत्युदण्ड दिइएको हो ।

फ्लोरिडा कारागार व्यवस्थापन विभागका अनुसार स्थानीय समय अनुसार साँझ ६।५५ बजे लङलाई मृत्युदण्ड दिइएको थियो । पछिल्लो पटक एक महिलाको हत्या गरेकामा दोषी पाइएपछि लङलाई सन् १९८५ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

अनुसन्धानका क्रममा उनले अरु सात किशोरी वा महिलाको हत्या गरेको स्वीकारेका थिए । साथै पीडितहरुलाई उनले पटकपटक बलात्कार समेत गरेको अनुसन्धानमा खुलेको थियो ।

दुई बच्चाका बाबु लङले हिंसात्मक गतिविधि सन् १९८० को दशकको शुरुमै थालेका थिए । बलात्कार र हत्या गर्दै फरार रहने गरेका उनलाई अन्ततः प्रहरीले गिरफ्तार गरेको थियो ।

लङ समेत यसै वर्ष अमेरिकामा आठ जनालाई मृत्युदण्ड दिइएको छ ।