५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला चट्याङ लागेर एकको मृत्यु चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको छ प्रधानमन्त्री ओली न्युयोर्कमा राप्रपाका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कम्युनिष्ट पत्तासाफ, देशभरी जम्मा पाँच सिट मात्रै



अ+ अ-

काठमाडौं । भारतको कम्युनिष्ट घटकले यस लोक सभा निर्वाचनमा हालसम्मकै न्युन सिट हासिल गरेका छन् ।

एक समयको गढ पश्चिम बंगालमा खाली हात हुँदा उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । देशभरमा कम्युनिष्टको कुल सिट ५ रहेको छ ।

५ वर्षदेखि पश्चिम बंगालमा चुनाव जित्दै आएको माकपाले २०११ सम्म राज्य सरकारको पनि नेतृत्व गर्दै आएको थियो ।

२००९ को निर्वाचनसम्म केन्द्रीय गठबन्धनको किङ मेकरसमेत रहेको माकपाले २०१४ मा नौ सिट मात्र जितेको थियो । तर, यसपालि उसले बंगाल र त्रिपुराबाट सबै सिट गुमाएको छ ।

त्यसपछि मोदीको लहरमा कम्युनिष्टहरु झनै खुम्चिए । सन् २०१४ मा जम्मा १० भोट ल्याएको कम्युनिष्ट अहिले त्यसको पनि आधामा खुम्चिन पुगेका छन् ।

सन् २००४ मा ५९ सांसद जित्दा कम्युनिष्टले तत्कालिन युपिए सरकार गठन गर्न महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।

हाल प्राप्त पाँचमध्य चार सिट तमिल नाडूबाट प्राप्त भएको थियो । त्यहाँ कम्युनिष्ट त्यति बलियो शक्ति होइनन् । उसले डीएमकै समर्थक लहरमा यति मत पाएको विश्वास गरिएको छ ।

कम्युनिष्टका केही महत्त्वपूर्ण उमेद्वारमध्य निवर्तमान सांसद तथा पोलिट्व्युरो सदस्या मोहम्मद सलिम र बदरुद्दोजा खान तिनको निर्वाचनमा क्षेत्रमा क्रमशः तेस्रो र चौँथो आएका छन् ।

बंगालमा त्रिणमुल कंग्रेसले ४३.९५ मतसहित २२ र भाजपाले ४०.२५ मतसहित १८ सिट जितेका छन् । कंग्रेसले ५.६२५ मतसहित २ सिट जितेको छ ।

तर, सीताराम येचुरीले नेतृत्व गरेको माकपाले बंगालमा ६.२९५ मत पाएको छ । त्रिपुरामा १७.३३५ मत पाएको माकपाले शून्य सिट पाएको छ । राज्यका दुवै सिट भाजपाले पाएको छ । उसको मत ४९.०१५ छ ।

माथिको नतिजाबाट के प्रष्ट हुन्छ भने पश्चिम बंगालमा कम्युनिष्ट मत भाजपातर्फ सरेको देखिएको छ । कंग्रेस लहर आएको समय कम्युनिष्टले राम्रो मत पाएको इतिहास छ । सन् १९८० मा उसले ५४ सिट जितेको वर्ष इन्दिरा गान्धी निर्वाचित भएकी थिइन् ।

त्यस्तै इन्दिराको हत्यापछि भएको सन् १९८४ को निर्वाचनमा उनीहरुको मत ३३ मा झर्यो । सन् १९९१ मा सोभियत संघको पतनपछि भएको निर्वाचनमा पनि उसले ५६ सिट जितेको थियो ।