६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान्य चोरलाई पनि प्रहरीले डाँका बनाउँछन् : आईजीपी खनाल



अ+ अ-

जनकपुरधाम । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सामान्य चोरलाई पनि प्रहरीले डाँका बनाउने गरेको बताएका छन् ।

प्रदेश १ र २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकलहरुको दोस्रो प्रादेशिक सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्दै प्रहरी प्रमुख खनालले सामान्य चोरलाई लामो समयसम्म थुनिए उनीहरु निस्किँदा डाँका समेत बन्न सक्ने भएकाले उनीहरुलाई समाजमा सुध्रने मौका दिनका लागि अनुसन्धान र अभियोजनको काम तत्कालै गर्नुपर्ने बताए ।

उनले सामन्य किसिमका घट्नालाई चाँडोभन्दा चाँडो अनुसन्धान गरेर टुँग्याउन निर्देशन समेत दिए ।

उनले नेपाल प्रहरी र सरकारी वकिलको देश र जनताप्रतिको ठूलो जिम्मेवारी भएकाले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक बहन गर्नुपर्नेमा जोड् दिए । ‘नियत ठीक राखेर अघि बढौं र अनुसन्धानकर्ताले त्रुटि नगरौं तथा वकिलहरुले म्याद गुजार्ने काम नगरौं,’ उनले भने, ‘यति गरिसकेपछि फौजदारी न्यायप्रणाली धेरै राम्रो हुन्छ । र, पीडितले चाँडै न्याय तथा पीडकले चाँडै कारबाही पाउँछन् ।’

दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेश १ र २ का अनुसन्धान गर्ने नेपाल प्रहरीका अधिकृतहरु तथा सरकारी वकिलहरुको सहभागिता रहेको छ ।