६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथाको उचाइ नापेर फर्किएको टोलीलाई गरिबी निवारण मन्त्रीले खुवाइन मिठाइ !



अ+ अ-

काठमाडौं । सगरमाथाको उचाइ मापन गर्न गएको सरकारी टोली स्वागत गरिएको छ । गएको चैत २७ गते सगरमाथाको उचाइ नाप्नका निम्ती प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना लिएर गएको टोली बिहीबार काठमाडौं फर्किएको हो ।

काठमाडौं फर्किएको टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्वागत गरिन् ।

मन्त्री अर्यालले शुक्रबार मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सरकारका तर्फबाट आफ्नै स्रोत सानधनमा सगरमाथाको उचाइ मापन गरेको भन्दै खुशि व्यक्त गरिन् ।

उनले मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायत सगरमाथाको आरोहण गरेर फर्किएको प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोलीलाई फूलमाला र टिकाले स्वागत गरिन् भने टोलीका सबै सदस्यहरूलाई मिठाइ खुवाएर खुशी बाँडेकी थिइन् ।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाइ मापन कार्य अगाडि बढाएको हो ।

मन्त्री अर्यालले आरोहणको महत्वपूर्ण काम सम्पन्न गरेपनि ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाइ प्राप्त हुने बताइन् ।