६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप जित्न हिँडेको टोलीको न्युजिल्यान्डसँग लज्जास्पद हार



अ+ अ-

काठमाडौं । विश्वकपको तयारीको लागि अभ्यास खेलमा न्युजिल्यान्डसँग भारतले लज्जास्पद हार ब्यहोरेको छ ।

लन्डनमा शनिबार राति भएको अभ्यास खेलमा न्युजिल्यान्डसँग भारत ६ विकेटले पराजित भएको हो । भारतले दिएको १८० रनको झिनो लक्ष्य न्युजिल्यान्डले ३७।१ ओभरमा चार विकेटको क्षतिमा भेटायो ।

न्युजिल्यान्डको जितमा रोस टेलरले सर्वाधिक ७१ रन बनाए । कप्तान केन विलियमसनले ६७ रन जोडे । मार्टिन गुप्टिलले २२ रन बनाएका थिए । बलिङमा भारतका जस्प्रित बुम्राह, रविन्द्र जडेजा, हार्दिक पाण्डया र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३९।२ ओभरमा सवै विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सकेको थियो । भारतका लागि रविन्द्र जडेजाले ५४ रन बनाए । हार्दिक पाण्डयाले ३०, कुलदिप यादवले १९, कप्तान विराट कोहली १८ र महेन्द्र सिंह धोनीले १७ रन बनाएका थिए ।

भारतको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा न्युजिल्यान्डका टे्रन्ट बोल्टले चार विकेट लिए । त्यस्तै, जेम्स निशामले तीन विकेट लिए ।