३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकार कतारमा होइन कोटेलीको दलित बस्तीमा खानेपानी पुर्याइदेउ !

सरकार कतारमा होइन कोटेलीको दलित बस्तीमा खानेपानी पुर्याइदेउ !
अ+ अ-

फाइल फोटो

‘कोटेलीको दलित बस्ती सुनकोट’ नाम सुन्दर छ । तर सो गाउँको कथा कुरुप छ । यो गाउँ नवदुर्गा गाउँपालिका–१ मा पर्छ । गाउँमा दलित समुदाय छ । सबैका घरमा निलो रङको ‘जर्किन’ छन् । जर्किन भारतबाट किनेर ल्याएका हुन् । उनीहरु कथा जर्किनबाटै शुरु हुन्छ । बिहीबार दिँउसो ४ बजे । सधैँजसो घरघरबाट महिला निलो जर्किन लिएर हतारहतार गाउँमाथिको खानेपानी ट्याङ्कीमा पुगे ।

ट्याङ्कीमा भीड लाग्यो । भीडमा थिइन् ५० वर्षीया हरुदेवी भुल । “पानीका दुःखले यो इन्डियाबाट किनेर ल्याया हौँ”, उनले डोटेलीमा जर्किन र गाउँको कथा सुनाउन थालिन, “सबैका घरका मान्छे कोही न कोही भारतमा छन्, सबैले घर आउँदा जर्किन पनि ल्याएर आउँछन् । कसै–कसैको घरमा त ५/६ वटा जर्किन छन् ।”

दिनमा ५० लिटर पानी मात्र भर्न पाइन्छ

गाँउभन्दा धैरै टाढा असुर्पाबाट यस ट्याङ्कीमा पानी आउँछ । दिनभरि ट्याङ्कीमा पानी भरिन्छ अपराह्नतिर धारा खोलिन्छ । हरुदेवी भन्छिन्, “हामी सबैलाई दिनको ५० लिटर अट्ने एक जर्किन पानी पाइन्छ ।” दिनको ५० लिटर मात्र पानी पाएपछि उनीहरुलाई त्यो पर्याप्त हुँदैन । गाउँभन्दा आधा किलोमिटर हिँडेर पल्लो गाउँमा पानी लिन जानुपर्छ । उनीहरुको यो दैनिकी हो । मजदुरी गरेर गुजारा गर्ने उनीहरु बिहानै ४ बजे जर्किन लिएर निस्किन्छन् । “बिहानै उठेर पानी भर्न जानुपर्छ, जान एक र आउन एक घण्टा लाग्ने हुँदा कामको हर्जा नै हुन्छ ।

नजिकै रहेका केटाकेटी देखाउँदै इन्दिरादेवी भुल भन्छिन्, “यिनीहरु सबै जान्छन्, ५० लिटर त्यहाँबाट बोकेर ल्याउँछन् ।” स्थानीय सरकार गठन भएको दुई वर्ष भयो । तर, सुनकोटवासीको खानेपानीको समस्या अझै सुल्झिएको छैन । “पहिलेको भन्दा त अलि सहज भएको छ । पहिले टाढबाट पानी ल्याउनुपथ्र्याे”, हरुदेवी भन्छिन्, “म बिहे गरेर आउँनुभन्दा पहिले पनि यता यस्तै समस्या थियो, आधा उमेर भइसक्यो, अझ पनि उस्तै छ ।” गाँउमै खानेपानीको ट्याङ्की त बनेको छ तर यो पानी पर्याप्त छैन ।

समुदायको गुनासो–पानीमा विभेद

गाँउपालिको खानेपानी योजनामा जातीय विभेद भएको गुनासो स्थानीयवासीको छ । “दिनको एक जर्किन मात्र हामीलाई पानी पाइन्छ, त्यो पनि पानी आएको दिन मात्र । नत्र हामीले दिन काटेर अरुको धाराबाट पानी ल्याएर खानुपर्छ, चन्नरीदेवी भुलले गुनासो गरिन् । २०० घरधुरी रहेको बस्ती नजिकका नाउला, पानी कुवासमेत सुकेका छन् । गाईगोरुलाई पानी खुवाउने, लत्ताकपडाका साथै नुहाउनका लागि तीन/चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता भएको उनीहरुको गुनासो छ ।

“हाम्राभन्दा त गैरदलित बस्तीलाई पानी पुगेको छ”, हरुदेवी भन्छिन्, “पानीको लागि धेरै कराएँ फेरि पनि कराउँदै छौँ ।” गैरदलित भन्दा दलित बस्तीमा पानी कम आउने भएकाले सुनकोटमा पानी नपुग्ने गरेको ट्याङ्कीको पानी खोल्ने चौकीदार पौवा भुलको भनाइ छ । “अ‍ैरोडामा रहेको रिजर्भवायर ट्याङ्कीबाट पानी वितरणमा गल्ती हुन्छ”, उनले भने, “यता पूरा खोलिदैन, अ‍ैरोडामा बढी खोलिन्छ ।”

पानीका लागि हत्या भएको ठाउँ

खानेपानीको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी कोटेलीमै विसं २०७३ फागुन १ गते आइतबार एक जनाको हत्या भएको थियो ।

नवदुर्गा गाउँपालिकाको कोटेलीका शेरबहादुर साउदको स्थानीय भीमबहादुर भुलले खुकुरी प्रहार गरेर हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार स्थानीय भुल र मृतक साउदको खानेपानीको विषयमा बिहानपख विवाद भएपछि दुवैको बीचमा कुटाकुट भएको थियो । सोही क्रममा भुलले साउदमाथि खुकुरी प्रहार गरेका थिए । भुल र साउद छिमेकी थिए । साउदको घरमाथि र भुलको घर तल थियो । दुई परिवारको खानेपानी प्रयोग गर्ने धाराको पाइप एउटै भएकाले तलको धारा बन्द भएपछि मात्रै माथिल्लो धारामा पानी जान्थ्यो ।

तलको धारा बन्द नगरेपछि विवाद उत्पन्न हँुदा घटना भएको प्रहरीले जानकारी दिएको छ । तर, घटना भएको तीन वर्ष पुग्दासमेत यहाँको खानेपानीको समस्या उस्तै छ । डिपबोरिङका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भएको र गाउँपालिकाले त्यसका लागि रु १६ लाख बजेट छुट्याएको उनले बताए ।

“अझै कोटेलीको २/३ बस्तीमा खानेपानीका योजना सम्पन्न हुने अवस्थामा रहेको नवदुर्गा गाउँपालिका–१ वडाध्यक्ष भीमबहादुर बोहराले बताउनुभयो । गाउँपालिकाले बजेट व्यवस्था गरेको र आगामी दिनमा पनि हाम्रो खानेपानी योजनामा बढीभन्दा बढी जोड हुन्छ ।”