६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलमा सगरमाथाबाट ल्याइएको ‘पत्थर’ सहित दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको अवैध ‘पत्थर’ सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आरोही पेम्बा दोर्जे शेर्पा र अर्का एक विदेशी नागरिक रहेका छन् ।

उनीहरुलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सो ‘पत्थर’ संकास्पद देखिएकाले बरामद गरी बन विभागका अधिकारीलाई जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ ।

हेलिकप्टरमार्फत आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरु बाहिरिने क्रममा चेकजाँच हुँदा सो पत्थर फेला परेको थियो ।

पत्थर फेला परेपछि उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएर बन विभागका अधिकारीलाई पत्थर जिम्मा लगाएर छाडिएको बताइएको छ ।