१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलमा सगरमाथाबाट ल्याइएको ‘पत्थर’ सहित दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको अवैध ‘पत्थर’ सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आरोही पेम्बा दोर्जे शेर्पा र अर्का एक विदेशी नागरिक रहेका छन् ।

उनीहरुलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सो ‘पत्थर’ संकास्पद देखिएकाले बरामद गरी बन विभागका अधिकारीलाई जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ ।

हेलिकप्टरमार्फत आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरु बाहिरिने क्रममा चेकजाँच हुँदा सो पत्थर फेला परेको थियो ।

पत्थर फेला परेपछि उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएर बन विभागका अधिकारीलाई पत्थर जिम्मा लगाएर छाडिएको बताइएको छ ।