५ आश्विन २०८१, शनिबार
,
Latest
सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो कारणले आधा घण्टा फ्लाइट डिले भएपछि मन्त्रीले दिइन् राजीनामा



अ+ अ-

काठमाडौं । मेक्सिकोका वातावरण तथा प्राकृतिक स्रोतमन्त्री जोसेफा गोन्जालेज ब्लान्को ओर्टिज मिनाले आफ्नो कारणले विमानको उडान ढिलो भएपछि शनिबार राजीनामा दिएका छन् ।

मिनाले राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओबादरसमक्ष राजीनामा बुझाएकी हुन् ।

राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामा मन्त्री गोन्जारेज ब्लान्कोले शुक्रबार यात्राका क्रममा आफ्नो कारणले विमानको उडान ढिलो भएको उल्लेख गरेकी छन् । ‘कसैले पनि यस्तो सुविधा पाउनुहुन्न, एउटाको फाइदाका लागि धेरै मानिसलाई समस्यामा पार्नुहुन्न’ उनले भनेकी छन् ।

राष्ट्रपतिले ओबारले आफ्नो कारणले फ्लाइट डिले भएकोमा मन्त्रीले माफी मागेको उल्लेख गरेका छन् ।मन्त्रीका कारण फ्लाइट आधा घण्टा डिले हुँदा यात्रु र सञ्चार माध्यमबाट आलोचना भएको थियो ।