५ आश्विन २०८१, शनिबार
,
Latest
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा पाँच शंकास्पद आतङ्कवादीका खातामा १ अर्ब भारतीय रुपैयाँ भेटियो



अ+ अ-

कोलम्बो । श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना वरिष्ट प्रहरी अधिकारीले बताएका छन् । उनीहरु श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल थहिद जमाथ (एनटीजे) सँग आबद्ध रहेको एक दिनअघि मात्र थाहा भएको थियो ।

एनटीजेसँग आबद्ध रहेको आशंकामा शुक्रबार ती पाँचै जनालाई होरोपाथानामा पक्राउ गरिएको थियो । डेली मिररका अनुसार श्रीलंकामा भएको पछिल्लो बम आक्रमणमा संलग्न जाहरान हासिमलाई पनि गिरफ्तार गरिएको छ ।

पक्राउ परेकाहरुमा एक जना होरोपथाना डिभिजनल सेक्रेटारिएटमा कार्यरत विकास अधिकृत, एक जना सरकारी स्कुलका शिक्षक, दुई जना किविलेकाडास्थित अरेबिक कलेजका शिक्षक तथा एक जना केबिथिगोल्लेवाका रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुले अनुराधापुरा र ट्रिन्कोमालीमा चरमपन्थी प्रशिक्षण दिएका थिए । प्रहरीका अनुसार उनीहरुले दुई वर्षअघि होरोपाथानाको जंगलमा शस्त्र चलाउने सम्बन्धी तालिम पनि लिएका थिए ।


गत अप्रिल २१ मा श्रीलंकाका गिर्जाघर र होटलहरुमा भएका बम आक्रमणमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।