१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पोर्टस् अवार्डको १६औँ संस्करण असारमा



अ+ अ-

काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्डको १६औँ संस्करण आगामी असार १७ गते हुने भएको छ ।

खेल क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिने सो कार्यक्रम काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिने मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए ।

यस वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवाड, लाइफटाइम एचिभमेन्ट अवाड, टिम अफ द इयर र इन्टरनेशनल एशियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड प्रदान गरिने उनको भनाइ थियो

वर्ष खेलाडी महिला र पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन छिट्टै सार्वजनिक गर्ने आयोजकले जनाएको छ । लाइफटाइम, पारा र टिम अफ दि इयरको अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।त्यस्तै अन्य विधाका विजेताले जनही रु ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै मञ्चले अवार्डका मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँग आज सम्झौता नवीकरण गरेको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हंशराजतर्फबाट अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार यसपटक हंशराज हुलासचन्दले मञ्चलाई रु साढे २८ लाख बराबरको नगद र जिन्सी सामान उपलब्ध गराउनेछ ।