६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर : दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको छ । आज कूल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर रु ६२ करोड ६२ लाख एक हजार ६६६ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको रु चार करोड ८५ लाख ६२ हजार ५६८, शिवम् सिमेन्ट रु चार करोड ७५ लाख ७३ हजार २७१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ७४ लाख ३६ हजार २१७, हिमालयन डिस्टिलरी रु दुई करोड ५४ लाख २५ हजार २४५, कृषि विकास बैंकको शेयर रु दुई करोड १५ लाख ३४ हजार ३३२ मूल्यमा खरीद बिक्री भए ।

ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८.५८, युनाइटेड इन्स्योरेन्स कम्पनी ३.४२, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड ३.०८, माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ३.०३ प्रतिशतले कमाए । त्यस्तै जोशी हाइड्रो पावर ९.७५, हिमालयन डिस्टिलरी ७.९०, राधी विद्युत् कम्पनी ६.८१, अरुण काबेली पावर ६.३४, मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ६.२७ प्रतिशतले गुमाए ।