१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिका : आफन्तलाई जागिर, निस्फिक्री सुविधा



अ+ अ-

काठमाडौं । स्थानीय स्वायत्त शासन ऐन, २०५५ सँगै काठमाडौँ महानगरपालिकाको कर्मचारी पदपूर्ति समिति खारेज भएको छ । महानगरका मेयर र उपमेयरले भने करारमा कर्मचारी नियुक्त गरिरहेका छन् ।

पछिल्लोपटक फागुन १४ मा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले करारमा सात कर्मचारी नियुक्त गर्यो । त्यसको भोलिपल्टदेखि लागू हुने गरी उनीहरुलाई असार मसान्तसम्मका लागि नियुक्ति दिइयो । यो नियुक्तिको तारतम्य हनुमानढोका मूल समितिले मिलाएको थियो ।

महानगरमा प्रक्रिया मिचेर कर्मचारी नियुक्त गरिएको यो पहिलो घटना भने होइन । यसअघि पनि महानगरले करारमा कर्मचारी, स्वयंसेवक र प्रशिक्षार्थीका नाममा ३९ जनालाई नियुक्ति दिइसकेको छ ।

कर्मचारीको सेवा सुविधामा पनि महानगर उदार देखिएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।