२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बन्दैछ धरहरा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’ को रूपमा रहेको धरहरा निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा निर्माण गर्ने अठोट गर्नुभएको थियो । दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरी प्रधानमन्त्री ओलीले गत पुस १२ गते धरहरा निर्माणको शिलान्यास गरेका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्धा्रित समयभित्र नै धरहराको निर्माण कार्य सकिने लक्ष्यसहित काम भइरहेको बताउँदै तालिका अनुसार नै निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिए । धरहरा निर्माणमा अहिलेसम्म ४० करोड रुपियाँ खर्च भइसकेको छ ।

अहिले धरहराको टावर ठड्याइने क्षेत्रको ‘राफ्ट फाउन्डेसन’ को काम भइरहेको छ । यही फाउन्डेसनमा नै धरहराको टावर निर्माण हुने भएकाले ‘राफ्ट फाउन्डेसन’ निर्माण कार्य महत्वपूर्ण मानिने गरिन्छ । त्यसैगरी, ‘अन्डरग्राउन्ड’ निर्माण गरिने दुई तल्ला भवनको समेत फाउन्डेसन निर्माणको कार्य भइरहेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।