३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकापामा ध्रुवीकरणः नेताहरु पक्ष र विपक्षमा बाँडिए



अ+ अ-

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुँदाको सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपाका शीर्ष नेताबीच धु्रवीकरण बढेको छ ।

दाहालले केही दिनअघि प्रधानमन्त्रीको साढे दुईवर्षे कार्यकालपछि आफू प्रधानमन्त्री बन्ने वा अध्यक्ष हुने अभिव्यक्ति दिएपछि नेताहरु पक्ष र विपक्षमा बाँडिएका हुन् ।

समय आएपछि नेतृत्व हस्तान्तरण हुनुपर्नेमा पूर्वमाओवादी केन्द्रभित्र स्पष्ट धारणा छ । पूर्वएमाले समूहमा भने दाहालको अभिव्यक्तिले खैलाबैला मच्चिएको छ ।

पार्टीभित्र ‘बहुकेन्द्र’ सिर्जना गर्न नहुने पार्टी सचिवालय सदस्यसमेत रहेका नेता ईश्वर पोखरेलको भनाइ रहेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।