३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग वार्ता गर्न ‘विप्लव’ समूहलाई चौतर्फी दबाब



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब बढ्दै गएको छ। सरकारले गत फागुनमा गतिविधिमा प्रतिवन्ध लगाएपछि आफ्ना कार्यकर्ता पक्राउ पर्ने र कारबाही प्रक्रिया असफल हुने क्रम बढ्न थालेपछि चन्द समूहभित्रै केही नेताले वार्तामा जोड दिइरहेका छन्।

नागरिक समाज, बुद्धिजीवी र सत्तपक्षीय नेताले पनि चन्द समूहलाई वार्तामा बस्न दबाब दिइरहेका छन्। केही दिन अघि नेपाल बन्द गराउने क्रममा बम विस्फोटमा परी आफ्नै कार्यकर्ताको मृत्यु भएपछि चन्द समूहभित्र वार्ताका लागि दबाब चुलिएको छ।

तालिमप्राप्त कार्यकर्ता परिचालन गर्न नसक्दा चार कार्यकर्ताको मृत्यु भएको विषयमा समूहभित्र छलफल सुरु भएको छ। केही सदस्य वार्ता गर्दा आत्मसर्पणको सन्देश जाने भन्दै तत्काल त्यसतर्फ अघि नवढ्ने पक्षमा छन्। मागवारे सरकारसँग छलफल गर्नुपर्ने प्रस्ताव राखेपछि पोलिटव्युरो सदस्य पदम राई निलम्बित गरिएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।