२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’ समूहले भक्तपुरमा जग्गा कब्जा गर्यो



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एक रोपनी जग्गा कब्जा गरेको छ ।

विप्लव समूहको भक्तपुर जिल्ला जनपरिषदले चाँगुनारायण नगरपालिका–२ दुवाकोटको एक रोपनी एक दाम जग्गा कब्जा गरेको हो ।

जनपरिषदले सो जग्गा कब्जामा लिएको भन्दै विज्ञप्ति पनि जारी गरेको छ। विज्ञप्तिमा त्यहाँका समाजसेवी, भलादमी र बुद्धिजीवीसँग छलफल गरिएको र वास्तविक धनी पीडित भएको पुष्टि भएकाले कब्जामा लिइएको दाबी गरिएको छ।

जनपरिषदका अनुसार कित्ता नम्बर १७९८ रहेको उक्त जग्गा चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको नाममा छ। जनपरिषदका अनुसार उक्त जग्गामा सोमबार विप्लव समूहले झन्डा गाडेको हो ।

भू–माफियाले चलखेल गरी उक्त जग्गाका वास्तविक धनीबाट उम्काएको आरोप विप्लव समूहले लगाएको छ। जग्गा भएको स्थानमा ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन, अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ,’ लेखिएको छ।