१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

वायुसेवा निगमको जापान उडान स्थगित, महिना दिनमा एक जनाले मात्र गरे बुकिङ

वायुसेवा निगमको जापान उडान स्थगित, महिना दिनमा एक जनाले मात्र गरे बुकिङ
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले यात्रु नपाएको भन्दै तत्कालका लगि जापान उडान स्थगित गरेको छ ।एयरलाइन्सले यात्रु नपाएपछि उडान तत्काल एक महिना सार्ने भएको छ।

एयरलाइन्सका कमर्सियल विभागका अधिकारीहरुका अनुसार टिकट बुकिङ खोलेको एक महिना वितिसक्दा पनि एउटामात्र बुकिङ आएपछि उडान स्थगित गरेर एक महिना सारिएको हो। तर एक महिनापछि उडान गर्ने निश्चित नभएको उनीहरुले बताएका छन्।

विभागका अधिकारीहरुका अनुसार आगामी जुलाई ४ अर्थात् असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले उडान भर्ने तालिका थियो । तर, बुकिङ खोलेको एक महिनासम्म पनि राम्रो संख्यामा यात्रु नपाएपछि तत्काल जापानमा उडान नथालिने भएको हो ।

‘अहिलेसम्म एउटामात्र बुकिङ आएको छ, अब पनि आएन भने उडान सम्भव छैन त्यसैले सम्भवतः नारिता उडानका लागि एयरलाइन्सले तयारी अघि बढाउन सक्छ’ निगममा प्रवक्ता नवराज कोइरालाले भने।

उनले यात्रु नै नभरी उडान गर्दा वित्तीय संकट आउने अवस्था रहेकाले तत्काल जापानमा सेवा नथाल्ने निश्कर्षमा पुगेको बताए ।

जापानमा विद्यार्थी जाने सिजन जुन महिनामै सकिएको छ । साथै नेपाल आएका जापानिज पर्यटक पनि लगभग फर्किसकेका छन्,’ निगममा प्रवक्ता कोइरालाले भने,’यसै कारण टिकटको बुकिङ राम्रो आएन ।’

गएको असारमा पहिलोपटक नेपाल एयरलाइन्सले एयरबसको वाइडबडी जहाज ल्यायो। यसै पनि ऋणमा डुबेर उत्रन नसकेको कम्पनीले ठूला जहाज ल्याउँदा त्यसको आर्थिक भारले माथि उठ्नै नसक्नेगरी थिचिने कतिपयको त्यतिबेलै भनानइ थियो।

यसबाट बच्नका लागि एयरलाइन्सले ती जहाजको पूर्ण क्षमतामा उडान गर्नुपर्ने थियो। तर त्यसका लागि एयरलाइन्सले न त उडान दलका सदस्य पुरा राखेको थियो न त उडान गन्तव्य नै तयार थिए।

तर साउनमा दोस्रो जहाज आएपछि भदौदेखि एउटा जहाजले उडान शुरु ग¥यो। पुरानै गन्तव्यहरुमा। यी जहाज उडाउँदा एयरलाइन्सलाई घाटा लागिरहेको थियो। उडान लागतभन्दा कम आम्दानी गरेपछि लामो गन्तव्य खोजी गर्नतिर एयरलाइन्सको नेतृत्वलाई दबाब परिरहेको थियो।

त्यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एयरलाइन्समा महाप्रबन्धक हुँदाहुँदै कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरे। लामो समय एयरलाइन्समै काम गरेका खरेल नियुक्त भएपछि वाइडबडी जहाजको उडान पूर्ण क्षमतामा गरी तत्कालिन वित्तीय घाटा न्यून गर्ने र लामो गन्तव्यको खोजीमा लाग्ने अनुमान गरिएको थियो।

यसअघिका महाप्रवन्धक सुगतरत्न कशांकारले जापानमा नारिता विमानस्थलमै उडान भर्ने गरी कागजी प्रक्रिया अघि बढाएका थिए । तर, निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पुरानो योजना स्थगित गरेर जबरजस्ती ओशाका उडान अनुमति मागे ।

नेपाल एअरलाइन्सले काठमाडौं – ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको थियो । सन् १९९४ देखि २००७ सम्म निगमले जापानमा उडान गरिरहेको थियो । तर, विमान संख्या कम भएपछि उडान बन्द भएको थियो । १२ वर्ष पनि उडान थाल्न लाग्दा निगमले यात्रु नै नपाउने अवस्था आएको छ । एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको थियो । सन् १९९४ देखि २००७ सम्म निगमले जापानमा उडान गरिरहेको थियो । तर, विमान संख्या कम भएपछि उडान बन्द भएको थियो । १२ वर्ष पनि उडान थाल्न लाग्दा निगमले यात्रु नै नपाउने अवस्था आएको छ ।

जापानले हप्ताको ३ वटा राउन्ड ट्रिप उडानका लागि नेपाल एयरलाइन्सलाई अनुमति दिएको छ ।

जापान, वाइडबडी आएपछि निगमले विस्तार गरेको पहिलो नयाँ गन्तब्य थियो । निगमले कोरिया, चीन, साउदीमा पनि उडान विस्तार गर्न प्रयास गरिरहेको छ । तर, ती देशले सुरक्षा लगायतका सवाललाई उठाएकाले निगमले सेवा विस्तार गर्न पाएको छैन ।

नेपाल वायुसेवा निगमले नयाा गन्तब्यमा जान नसकेपछि वाइडबडी विमान किन्दा लिएको ऋणको किस्ता तिर्न छाडेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको दुई किस्ताको रकम बुझाएको छैन । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष किस्ता बापत तिर्नुपर्ने बक्यौता डेढ अर्ब नाघेको छ ।