८ भाद्र २०८३, सोमबार
,
Latest
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

लप्चीमा भेटियो दुर्लभ हिउँ चितुवा



अ+ अ-

काठमाडौं । गत वर्ष मंसिरको एउटा बिहानी पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा। नारायणप्रसाद कोजुका लागि उत्साह र उपलब्धिपूर्ण सावित भयो । दोलखाको लप्ची उपत्यकामा हिउँ चितुवा ९वैज्ञानिक नाम अन्सिया अन्सिया०को उपस्थिति आधिकारिकरूपमा पुष्टि भएपछि यो उपलब्धि हासिल भएको हो ।

गौरीशङ्कर संरक्षण क्षेत्रले राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत जैविक विविधता अध्ययन अनुसन्धान शीर्षकअन्तर्गत डा। कोजुको नेतृत्वमा दोलखाको बिगु गाँउपालिका ९तत्कालीन लामाबगर गाविस०मा पर्ने लप्ची उपत्यकामा भएका जीवजन्तुको जानकारी लिन क्यामेरा जडान गरेको थियो ।

सोही क्यामेराले गत मंसिर २ गते बिहान ८ बजे लप्ची उपत्यकाको ४३ सय मिटरको उचाइमा रहेको मोराङमा हिउँ चितुवाको तीनवटा तस्वीर रेकर्ड भएको अनुसन्धान प्रमुख उपप्राध्यापक डा। कोजुले बताए । यो तस्वीर रेकर्डले लप्ची उपत्यकामा हिउँ चितुवा रहेको कुरा आधिकारिकरूपमा पुष्टि गरेको डा। कोजु दाबी गर्छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।