२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लप्चीमा भेटियो दुर्लभ हिउँ चितुवा



अ+ अ-

काठमाडौं । गत वर्ष मंसिरको एउटा बिहानी पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा। नारायणप्रसाद कोजुका लागि उत्साह र उपलब्धिपूर्ण सावित भयो । दोलखाको लप्ची उपत्यकामा हिउँ चितुवा ९वैज्ञानिक नाम अन्सिया अन्सिया०को उपस्थिति आधिकारिकरूपमा पुष्टि भएपछि यो उपलब्धि हासिल भएको हो ।

गौरीशङ्कर संरक्षण क्षेत्रले राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत जैविक विविधता अध्ययन अनुसन्धान शीर्षकअन्तर्गत डा। कोजुको नेतृत्वमा दोलखाको बिगु गाँउपालिका ९तत्कालीन लामाबगर गाविस०मा पर्ने लप्ची उपत्यकामा भएका जीवजन्तुको जानकारी लिन क्यामेरा जडान गरेको थियो ।

सोही क्यामेराले गत मंसिर २ गते बिहान ८ बजे लप्ची उपत्यकाको ४३ सय मिटरको उचाइमा रहेको मोराङमा हिउँ चितुवाको तीनवटा तस्वीर रेकर्ड भएको अनुसन्धान प्रमुख उपप्राध्यापक डा। कोजुले बताए । यो तस्वीर रेकर्डले लप्ची उपत्यकामा हिउँ चितुवा रहेको कुरा आधिकारिकरूपमा पुष्टि गरेको डा। कोजु दाबी गर्छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।