८ भाद्र २०८३, सोमबार
,
Latest
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढीगण्डकीबाट किन हट्यो गेजुवा ?



अ+ अ-

काठमाडौं । चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) बूढीगण्डकी आयोजनाबाट पछि हटेको छ । लागत बढाउने चलखेल गर्न नपाउने भएपछि गेजुवाले आयोजनाबाट हात झिकेको हो ।

बूढीगण्डकी जलाशययुक्त (१२ सय मेगावाट) को ठेक्काको सम्झौता मात्र गर्न बाँकी थियो । गेजुवाले नेपालका उच्च राजनीतिक नेतृत्वलाई प्रभावमा पारी बिनाप्रतिस्पर्धा आयोजना हात पार्न सफल भएको थियो । विगत चार महिनादेखि सरकारी संयन्त्रबाट ‘सम्पर्क्विहीन’ रहेको गेजुवाले आपूm पछि हटेको औपचारिक घोषणा भने गरेको छैन ।

उसको आर्थिक–प्राविधिक प्रस्तावमा ‘ऊर्जा मन्त्रालय सहमत भएमा मात्र अघि बढ्ने’ सर्त राखेपछि सीजीजीसी पछि हटेको खुलेको छ ।

सीजीजीले गर्ने प्राविधिक र आर्थिक प्रस्ताव सर्वप्रथम ऊर्जा मन्त्रालयले स्वीकृत गर्नुपर्ने, उक्त प्रस्ताव स्वीकृत भएमा नेपाल सरकारको थप कुनै आर्थिक र कानुनी दायित्व नहुने, मन्त्रालयले तोकेभन्दा बढी लागत नबेहोर्ने, स्वीकृत डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) भन्दा डिजाइन परिवर्तन गर्न नपाइने लगायत सर्त थिए ।

सीजीजीसीसित विभिन्न समयमा तीनपटक भएको बैठकका क्रममा मन्त्रालयले आफ्नो अडान राखेपछि ऊ अघि नबढ्ने संकेत दिँदै सम्पर्कमा नआएको मन्त्रालयका एक उच्च अधिकारीले बताए। ‘भोलि सीजीजीसीले लागत नबढाउला भन्न नसकिने अवस्था देखिएकाले पहिले नै उसलाई सर्त राखिएको हो,’ ती अधिकारीले भने, ‘ऊ सम्पर्कमा नआउनुको मुख्य कारण हाम्रा सर्तका कारण हो। सीजीजीसी यस्तो (सर्त) मा आउन चाहेको देखिएन ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।