६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुंगाको चम्पादेबी गाउँपालिकामा एक व्यक्तिको शङ्कास्पद शव फेला



अ+ अ-

ओखलढुंगा । ओखलढुंगाको चम्पादेबी गाउँपालिका दुई ओदेखोलामा एक व्यक्तिको शङ्कास्पद शव फेला परेको छ ।

भिरमुनिको खोल्सामा फेला परेको मृत शव चम्पादेबी गाउँपालिका ७ का ४६ वर्षीय रुद्र बहादुर थापाको रहको प्रहरीले जनाएको छ ।

बुधबार राति भिरबाट लडेर उनको मृत्यु भएको भनिएपनि घटनाको प्रकृति हेर्दा शङ्कास्पद रहेको प्रहरीको भनाई छ । थापासँगै हिँडेका चम्पादेबी गाउँपालिका ३ का २८ वर्षीय दीपक बुढाथोकी भने घाइते अवस्थामा फेला परेका छन् ।

बुढाथोकी उपचार काठमाडौंमा भइरहेको छ । मृतक थापा र बुढाथोकी नाताले मामा भान्जा हुन् । उनीहरू दुबै जना खसी व्यापारी हुन् ।

काठमाडौंबाट आउँदै गर्दा रात परेपछि उनीहरू नवलपुरको होम कुमारीको होटेलमासँगै बास बरेका थिए । तर उनीहरू राति नै होटेल छोडेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख पुष्पराज मल्लले घाइते भएका बुढाथोकी प्रहरी हिरासतमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।