• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

हावाहुरीका कारण कैलाली र कंचनपुरमा १ सय भन्दा बढी घाइते, २ जनाको मृत्यु



धनगढी । विहिवार राती आएको हावाहुरीले कैलाली कञ्‍चनपुरको जनजीवन अस्तब्यस्त बनेको छ। हावाहुरीका कारण कैलाली कंचनपुरमा गरि १ सय भन्दा बढी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, घाइते मध्ये सात जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल रिफर गरिएको छ भने बाँकी घाइते उपचारपछि घर फर्किएका छन् । हावाहुरीका कारण एक सय ८५ वटा घर भत्किएका छन् भने दुई वटा विद्यालयमा क्षति पुगेको छ ।

हावाहुरी कारण बिद्यालयहरुमा क्षती भएका कारण शुक्रबार कैलाली तथा कंचनपुरका अधिकांश बिद्यालयहरु समेत बन्द रहेका छन्।विद्यार्थीहरु बिहानै बिद्यालय पुगेपनि बिद्यालयमा क्षती भएका कारण पठन पाठनको अबस्था नभएपछि बिद्यार्थीहरुलाई घर फर्काईएको छ।

हावाहुरीका कारण सबैभन्दा बढी भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका प्रभावित भएको छ । रुख तथा पोल ढलेपछि विद्युत सेवा र इन्टरनेट सेवा पनि अबरुद्ध भएको छ । त्यस्तै कुखुरा फार्म र किसानले लगाएको बालीनालीमा समेत नोक्सान भएको छ ।विद्युत नभएपछि कैलाली कंचनपुरबाट निस्कने २ दर्जन भन्दा बढी स्थानीय पत्रपत्रिकाहरु प्रकाशीत हुन सकेका छैनन्।

अधिकांश एफएम रेडियोहरु पनि बन्द अबस्थामा रहेका छन्। हावाहुरीले धेरै ठाउँमा क्षति पुर्‍याएकाले बत्ति बन्न समय लाग्ने विद्युत प्राधिकारणले जनाएको छ।

हावाहुरीका कारण घर भत्किँदा बेदकोट नगरपालिकामा एकै परिवारका पाँच जना घाइते भएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बताए ।

हावाहुरीबाट भएको क्षतिको तथ्यांक संकलनको काम भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले बताए । उनका अनुसार, मानवीय क्षति नभए पनि हावाहुरीले खर तथा जस्ताका छाना भएका अधिकांश घरका छाना उडाएको छ ।