५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.12

Wind: 2.57

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको जागरण अभियान स्थगित, कैलाली–कञ्चनपुरमा राहत र उद्धारमा खटिने



अ+ अ-

काठमाडौं । कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको हावाहुरीबाट प्रभावित भएकाहरुलाई तत्काल राहत उपलब्ध गराउन कांग्रेसले माग गरेको छ ।

काँग्रेसले शुक्रबार विज्ञप्ति प्रकाशित गरी घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारको व्यवस्था गर्नुपर्ने र मृतकका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

‘विपद्मा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरुका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न नेपाली काँग्रेस सरकारलाई आग्रह गरेको छ,’ काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै जागरण अभियान अन्तर्गत २५ गते सबै जिल्लामा आमसभा गर्ने तय भएपनि कैलाली र कञ्चनपुरमा स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

अभियान अन्तर्गतका सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गरी दुई जिल्लाका केन्द्रीय प्रतिनिधिहरुलाई प्रभावित क्षेत्रमा खटिन कांग्रेसले आग्रह गरेको छ ।


हावाहुरीले कैलाली कञ्‍चनपुरको जनजीवन अस्तब्यस्त बनेको छ। हावाहुरीका कारण कैलाली कंचनपुरमा गरि १ सय भन्दा बढी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, घाइते मध्ये सात जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल रिफर गरिएको छ भने बाँकी घाइते उपचारपछि घर फर्किएका छन् । हावाहुरीका कारण एक सय ८५ वटा घर भत्किएका छन् भने दुई वटा विद्यालयमा क्षति पुगेको छ ।

हावाहुरी कारण बिद्यालयहरुमा क्षती भएका कारण शुक्रबार कैलाली तथा कंचनपुरका अधिकांश बिद्यालयहरु समेत बन्द रहेका छन्।विद्यार्थीहरु बिहानै बिद्यालय पुगेपनि बिद्यालयमा क्षती भएका कारण पठन पाठनको अबस्था नभएपछि बिद्यार्थीहरुलाई घर फर्काईएको छ।

हावाहुरीका कारण सबैभन्दा बढी भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका प्रभावित भएको छ । रुख तथा पोल ढलेपछि विद्युत सेवा र इन्टरनेट सेवा पनि अबरुद्ध भएको छ । त्यस्तै कुखुरा फार्म र किसानले लगाएको बालीनालीमा समेत नोक्सान भएको छ ।विद्युत नभएपछि कैलाली कंचनपुरबाट निस्कने २ दर्जन भन्दा बढी स्थानीय पत्रपत्रिकाहरु प्रकाशीत हुन सकेका छैनन्।

अधिकांश एफएम रेडियोहरु पनि बन्द अबस्थामा रहेका छन्। हावाहुरीले धेरै ठाउँमा क्षति पुर्‍याएकाले बत्ति बन्न समय लाग्ने विद्युत प्राधिकारणले जनाएको छ।

हावाहुरीका कारण घर भत्किँदा बेदकोट नगरपालिकामा एकै परिवारका पाँच जना घाइते भएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बताए ।

हावाहुरीबाट भएको क्षतिको तथ्यांक संकलनको काम भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले बताए । उनका अनुसार, मानवीय क्षति नभए पनि हावाहुरीले खर तथा जस्ताका छाना भएका अधिकांश घरका छाना उडाएको छ ।