५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.22

Wind: 2.06

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीसँग स्याटेलाइट खरिद गर्ने तयारी



अ+ अ-

काठमाडौं । भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र लक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालको स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ ।

तीन महिनाअघि समझदारीको हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणको क्रममा सम्झौता गर्ने तयारी छ ।

हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पादन गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद भएको छ । यता सञ्चारमन्त्री गोकुल बास्कोटाले कम्पनीको क्षमतामाथि शंका गर्नुपर्ने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।