२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तन्द्रामा बसेर हिन्द महासागरसम्म पानीजहाज चलाउछु भन्दैमा विकास हुँदैन : छाया अर्थमन्त्री



अ+ अ-

काठमाडौं । कांग्रेसका ‘छाया अर्थमन्त्री’ तथा सांसद मिनेन्द्र रिजालले बजेटमा अर्थ मन्त्रालयका लागि चालु शीर्षकमा विनियोजन भएको रकम कटौतीको प्रस्ताव पेश गरेका छन् । आगामी आवमा चालु आवको भन्दा बढी रकम खर्च गर्नुपर्ने आवश्यकता नरहेको भन्दै उनले उक्त प्रस्ताव पेश गरेका हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘तन्द्रामा बसेर नेपालमा स्टीमर मात्र नभई हिन्द महासागरसम्म गएकै वर्षमा पानीजहाज चलाउछु भन्दैमा विकास हुँदैन,’ उनले भने, ‘नेपालमा साढे ८ प्रतिशतको आर्थिक विकास आवश्यक छ । त्यसमा अर्थ मन्त्रालयले नेतृतवदायी भूमिका निर्वाह गर्न सकेन ।’

उनले ४ करोड ८६ लाख घटाइ अघिल्लो वर्षकै बराबर राख्न प्रस्ताव गरे ।अर्थ मन्त्रालयको भूमिका ठोस योजना निर्माण गरी त्यसमा मात्र बजेट विनियोजन गर्नुपर्ने भए पनि अहिले मन्त्रालयले त्यो क्षमता देखाउन नसकेको उनले आरोप लगाए ।

‘मनगढन्ते कुरा गर्ने प्रधानमन्त्रीका अगाडि उभिएर ‘प्रधानमन्त्रीजी, योजना तयारी भएपछि मात्र बजेटमा राखौं’ भन्न सक्ने नेतृत्वको अर्थ मन्त्रालयलाई खाँचो छ,’ उनले भने ।

आँखा चिम्लेर चुलाचुलामा नालीबाट ग्यास आउँछ, ग्यासको सिलिन्डर नै किन्नु पर्दैन, भन्नेजस्ता तन्द्रामा दिने अभिव्यक्तिले देशको विकास नहुने उनले बताए ।

उनले अर्थमन्त्रीलाई प्रश्न गरे – ‘ठूला र रणनीतिक आयोजना प्रधानमन्त्रीले प्रत्यक्ष हेर्ने हो भने किन चाहि विभागीय मन्त्रालय ? किन चाहियो अर्थ मन्त्रालय ? प्रधानमन्त्री एक्लैले गरे पुग्छ भने किन परिवर्तन चाहियो ? ’